२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ब्यापारी श्रेष्ठ हत्याका आरोपी आठ जनालाई जन्मकैदको फैसला

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

दाङ २२ पुस | तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला सुनाइएको छ । घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै जिल्ला अदालत सल्यानले १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो ।
सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ । घटनाका मुख्य योजनाकार टीकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्धामा थप दश बर्ष कैद फैसला सुनाइएको छ ।
प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो ।
अदालतले पुजा घर्ती, अबिरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगद थापा र बिरे घर्तीलाई अपरहण मुद्धामा कारागार चलान गरिएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको हो ।
दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भनिएता पनि ११ जना मात्रै पक्राउ परेका छन् । बाँकी तीन जना अझै पनि फरार रहे.का छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!