२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

ब्यापारी श्रेष्ठ हत्याका आरोपी आठ जनालाई जन्मकैदको फैसला

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

दाङ २२ पुस | तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला सुनाइएको छ । घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै जिल्ला अदालत सल्यानले १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो ।
सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ । घटनाका मुख्य योजनाकार टीकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्धामा थप दश बर्ष कैद फैसला सुनाइएको छ ।
प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो ।
अदालतले पुजा घर्ती, अबिरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगद थापा र बिरे घर्तीलाई अपरहण मुद्धामा कारागार चलान गरिएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको हो ।
दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भनिएता पनि ११ जना मात्रै पक्राउ परेका छन् । बाँकी तीन जना अझै पनि फरार रहे.का छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]