०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन जर्मनी टोली आउँदै

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

(सिमा गुरुङ)
भैरहवा पुस २३ भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ ।
जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणलाई गत असारमै औपचारिक प्रस्ताव पठाएको थियो ।
कम्पनीले राखेको प्रस्तावको विषयमा अध्ययन गर्न सरकारले गठन गरेको विमानस्थल सञ्चालन सिफारिश कार्यदलको सुझावका आधारमा म्युनिखलाई दोस्रोपटक छलफलका लागि बोलाइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]