२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

चितवन कारागारमा एक कैदीको मृत्यु

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

चितवन पुस २३ भरतपुर कारागारका क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। हेटौँडा १९ का ७१ वर्षीय चन्द्रबहादुर व्लोनको क्यान्सरका कारण बुधबार मृत्यु भएको भरतपुर कारागारले जनाएको छ।
कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्ल्का अनुसार चन्द्र जिब्रोका क्यान्सरबाट पीडित थिए। चन्द्र लागुऔषध मुद्दामा २०७५ साल माघ २२ गते कारागार चलान भएका थिए। उनलाई २ वर्ष कैद र २५ हजार जरिमाना तोकिएको थियो।
२०७६ सालयता मात्रै भरतपुर कारागारमा क्यान्सरका कारण ७ जना कैदीको मृत्यु भएसकेको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]