१५ जेठ २०८१, मंगलबार
28-05-2024 , Tue
×

भेरी नदिमा जिप दुर्घटना १३ जना घाइते उद्घार जारी

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

बाँके पुस २३ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा भेरी नदी किनारमा जिप खस्दा १३ यात्रु घाइते भएका छन्।
डोल्पाबाट रुकुम आउँदै गरेको ग१ ज५२०१नं को जिप रुकुम मनकाबगरमा ब्रेकफेल भई सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइते यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्करदेखि ब्यारेक कार्यक्रमका लागी सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । सो कार्यक्रमका सञ्चालन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागी १ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत जानकारी गराएका छन् । नेपाली सेनालाई प्रविधियुक्त र व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए । सेनाले […]

(ABC-Sanchar) काठमाडौँ । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

(ABC-Sanchar) काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।