२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ज्योतिष शास्त्र अझै पनि पुरुष प्रधान क्षेत्रका रूपमा चिनिन्छ महिलाको सहभागिता न्यून देखिन्छ,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् ।

ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ?

यो विषयमा आकर्षण भयो भन्नुभन्दा पनि पारिवारिक पृष्ठभूमिले गर्दा म यसमा आइपुगेकी हुँ । हजुरबुवा–बुवाले संस्कृत पढ्नुभयो । हाम्रो गाउँमा नजिकको विद्यालयमा पढ्नुपर्ने बाध्यता पनि थियो । ब्याचलरसम्म आइपुग्दा कहिलेकाहीँ जबर्जस्ती पढेजस्तो पनि लाग्थ्यो, किनकि साथीहरू आधुनिक विषयमा पढिरहेका हुन्थे, म ज्योतिषशास्त्र पढिरहेकी थिएँ । संस्कृत विश्वविद्यालयमा आचार्य गरेपछि यही क्षेत्रमा सक्रिय भएँ ।

तपाईं कुन विधामा आफूलाई दक्ष ठान्नुहुन्छ ?

म ज्योतिषशास्त्रमा विशेष रुचि राख्छु र त्यही विषयमा राम्रो ज्ञान छ । ज्योतिषमा दुई विधा छन्–फलित र सिद्धान्त । फलित ज्योतिष भनेको भविष्यवाणी गर्ने पक्ष हो भने सिद्धान्त ज्योतिष ग्रह गणनासँग सम्बन्धित छ । समाजमा सिद्धान्त ज्योतिषप्रति बुझाइ कम भएको महसुस गरेर मैले यसतर्फ अझ बढी रिसर्च र अध्ययन गर्न थालेकी हुँ ।

आधुनिक जीवनशैलीमा ज्योतिषशास्त्रलाई कसरी हेर्न सकिन्छ ?

धेरै मानिसले यो विषयलाई विश्वास नगर्ने गरेको देखिन्छ । तर ज्योतिषशास्त्र पूर्णतः विज्ञानसँग सम्बन्धित छ । कहिलेकाहीँ यो विज्ञानभन्दा पनि माथिको विषय हो भन्ने लाग्छ । ग्रहहरू र तिनको चालले मानवीय जीवनमा पार्ने प्रभावलाई यसको माध्यमबाट बुझ्न सकिन्छ सही विधिबाट ग्रहको गणना गरेर जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यो कर्मसँग पनि जोडिएको विषय हो । यो वर्तमान समयमा बुझेर मनन गर्नुपर्ने कुरा हो ।

नयाँ पुस्ताले यसमा कस्तो धारणा राख्ने गरेका छन् ?

अहिले समय बदलिएको छ । नयाँ युवाहरू यसप्रति आकर्षित हुन थालेका छन् । उनीहरूमा यसप्रति सकारात्मक सोच र विश्वास बढ्दै गएको देखिन्छ । अहिले स्कोप तथा आम्दानी राम्रो छ । साथै मानिसलाई आत्मसन्तुष्टि दिन सकिन्छ भन्ने ठूलो कुरा हो । मानिसहरूको मन बुझ्न र समाधान दिन सक्नु आफैंमा सन्तोषजनक अनुभूति हो ।

प्रसंग बदलौं, महिनावारीको समयमा तपाईं काम गर्नुहुन्छ कि हुन्न ?
ज्योतिषशास्त्रसँग अध्यात्म पनि जोडिएको हुन्छ । यस्तो बेलामा ध्यान केन्द्रित गर्न कठिन हुन्छ । मेरो अनुभवमा महिनावारी प्राकृतिक प्रक्रिया हो । यति बेला हुने शारीरिक पीडाका कारण ध्यान भंग हुने र ऊर्जाको व्यवस्थापन गर्न नसक्ने अवस्था आउँछ । त्यसैले महिनावारीको समयमा म व्यक्तिगत रूपमा भविष्यवाणी गर्दिन । सर्बोतम नारीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

error: Content is protected !!