०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

१५ हजार घुस लिदा अदालत सम्म पुग्नुपर्ने भयो

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

(एबिसी संचार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
निज प्रनानी निरीक्षक पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै श्री जनजौ कुमारी शाही प्राथमिक विद्यालय तनहुँको शिक्षिका अनिता पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासीबाट प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी २०५६ मङ्सिर १० देखि २०७५ चैत ८ गतेसम्म शिक्षिकाका रुपमा काम गरेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!