०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, भाद्र ११, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वस्तु विद्
9848060799

मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ।

वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, मानसिक तनाव हुनसक्छ, धैर्य राख्नुहोस्।

कर्कट -परिश्रम बढी गर्नुपर्ने समय छ। खर्च बढ्ने सम्भावना भएकाले आर्थिक संयम आवश्यक छ। पारिवारिक आत्मीयता बढ्नेछ।

सिंह -व्यक्तित्वको प्रभाव बढ्नेछ। नेतृत्व क्षमता देखिने समय हो। तर, स्वास्थ्यमा सानो समस्या आउनसक्छ।

कन्या -धार्मिक कार्यमा मन जानेछ। विदेशसँग सम्बन्धित कार्य अघि बढ्ने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

तुला -नयाँ सम्बन्ध बन्ने सम्भावना छ। लगानी गर्दा सोचविचार गर्नुहोस्। मानसिक सन्तुलन कायम राख्नुहोस्।

वृश्चिक-व्यवसायमा प्रगति हुनेछ। मानसम्मान बढ्ने योग छ। तर, प्रतिस्पर्धी बलियो देखिन्छ, सावधानी अपनाउनुहोस्।

धनु -शिक्षा तथा यात्रामा सफलता पाइनेछ। गुरुजनको आशीर्वाद लाभदायी हुनेछ। स्वास्थ्यमा अलिक थकान हुनसक्छ।

मकर -सावधानी अपनाउनुहोस्। खर्च बढ्ने सम्भावना छ। पारिवारिक विषयमा ध्यान दिनुहोस्।

कुम्भ -मानसिक तनाव बढ्न सक्छ। धैर्य राख्नुहोस्, नयाँ अवसर ढिलो भए पनि आउनेछ।

मीन -साडेसातीको प्रारम्भिक चरणमा चुनौतीहरू देखिन्छन्। आर्थिक र पारिवारिक पक्षमा दबाब हुन सक्छ, तर मिहिनेतले राम्रो नतिजा ल्याउनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!