२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सामाजिक अपराध रोकथाम र नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम हुन जरुरी छ DIG पोख्रेल

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २७ समुदाय-प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम नयाँबानेश्वरमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महिला हिंसा, जबरजस्ती करणी तथा आत्महत्या लगायतका सामाजिक अपराध रोकथाम र नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रहेको बताए ।
आर्थिक पक्षमा शून्य सहनशीलता कायम गरी प्रहरीको आचरण व्यवहारमा अझ सुधार गर्दै थप गुणस्तरीय सेवा प्रवाह गर्नु प्रहरीको उद्धेश्य भएको उनले बताए ।
प्रा.डा. वासुदेव त्रिपाठी, स्थानीय जनप्रतिनिधिहरु समेतले मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा मानव सेवा आश्रम तथा अचेल नाट्य समूहका कलाकारहरूले लागूऔषधको सेवनले समाजमा पार्ने नकारात्मक प्रभाव र कसरी लागूऔषधको कुलतमा पर्दछन् भन्ने सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु, संचारकर्मी र स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]