०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाणिज्य बैंकको सुरक्षा आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल आफ्नो कम्पनीलाई टेन्डर अख्तियार आयुक्तकै दबाब

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो ।

दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत हुने भन्दै बैंकले यसलाई रोक्न चाहेको छ । तर, आयुक्त जयबहादुर चन्दले पटक पटक आफ्नो कम्पनीलाई ठेक्का पार्न दबाब दिइरहेको बैङ्क निकट स्रोतले जनाएको छ ।

के हो समस्या ?
गत असार १३ गते बैंकका देशभरका कार्यालयका लागि बैंकले आउटसोर्सिङबाट ९५० जना सुरक्षा गार्डको माग गरेको थियो । यसका लागि बोलपत्र पेस गर्न आपूर्तिकर्ता कम्पनीलाई साउन ११ गतेसम्मको समय दिइएको थियो । यो बोलपत्र प्रक्रियामा सहभागी हुँदा आवश्यक सबै सर्त तोकेर बोलपत्र आह्वान गरिएको थियो । सो आठवटा सुरक्षा गार्ड आपूर्तिकर्ता (सेक्युरिटिज) कम्पनीको आवेदन परेको थियो ।

सुरक्षा गार्ड आपूर्तिमा केही समय अघिसम्मा न्यूनतम बोलकबोललाई नै छनोट गर्ने व्यवस्था थियो । तर, सुरक्षा गार्डहरूले न्यूनतम पारिश्रमिक नपाएको, अन्य सेवा सुविधा समेत उपलब्ध नगराइएको लगायतको गुनासोपछि पछिल्लो समय एउटा मापदण्ड निर्धारण भएको छ । यसमा सुरक्षा गार्डले पाउने न्यूनतम तलब, वार्षिक सुविधा, पोसाक, भत्ता लगायतको न्यूनतम लागत निर्धारण गरिएको छ ।

ती सबै लागतपछि कम्पनीले आफ्नो इच्छाअनुसार निश्चित प्रतिशतसम्म सेक्युरिटिज कम्पनीको सञ्चालन खर्च जोड्न पाउने व्यवस्था छ । आपूर्तिकर्ता संस्थाबिच हुने लागत प्रतिस्पर्धा त्यही खर्च मात्रै हो । रातोपार्टी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]