१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

अबको दिनमा थप मनोबलका साथ काम गर्न आईजीपी चन्द्रकुवेर खापुङकाे आग्रह,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २६, २०८२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक
धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् ।

बिहीबार साँझ एक भिडियोमार्फत प्रहरी महानिरीक्षक खापुङले यस्तो बताएका हुन् । देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खापुङले नियमित प्रहरी कार्यमा हिजो भन्दा थप मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

साथै उनले गत सोमबार र मंगलबार जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए ।  प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!