२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सगरमाथा सिमेन्टको बोरामा माटो भेटियो बिभागले ३ महिना उद्योग बन्द गर्ने

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

(एबिसी संचार ब्युरो)
काठमाडौं घोराही सिमेन्टले माटैमाटो भएको सिमेन्ट बेचेको फेला परेपछि सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ ।
घोराहीले उत्पादन गरेको एक बोरा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको उत्पादन रोक्ने तयारी थालेको हो ।घोराहीले ओपीसी सिमेन्टको नाममा माटो बेचेको परीक्षणबाट देखिएपछि विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो । घोराहीले स्पष्टीकरण समेत बुझाइसकेको छ ।
उत्पादित सामान र स्पष्टीकरणलाई हेरेर विभागले तीन महिनाका लागि उद्योग बन्द गराउने तयारीमा पुगेको हो ।घोराहीले ओपीसी सिमेन्टमा आईआर अर्थात सिमेन्टमा हुने माटो वा अन्य पदार्थको मात्रा १३ प्रतिशत भन्दा बढी फेला पारेको थियो । जबकि, कानुन अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आईआर हुनु हुँदैन।
सिमेन्टमा माटोको मात्रा बढी मिसाएपछि लागत कम पर्ने र बढी मूल्य लिने दाउले उद्योगले यस्तो गरेको हुनसक्ने विभागले आँकलन गरेको छ ।त्यसरी माटो राखेर बनाइएको सिमेन्ट प्रयोग गर्दा घर तथा अन्य संरचनामा छिटै टुट्ने वा बिग्रिने सम्भावना हुने विभागले बताएको छ । सिमेन्टमा माटोको मात्रै हुनु नै हुँदैन ।
तर, पनि सरकारले २ प्रतिशतसम्मलाई छुट दिएको छ । तर, घोराहीको १३ प्रतिशतभन्दा बढी देखिएकाले उद्योग बन्द गर्नुको विकल्प नभएको विभागले जनाएको छ ।विभागका महानिर्देशक विश्वबावु पुडासैनीले घोराहीलाई स्पष्टीकरण सोधिएको र उसले पनि बुझाइसकेको छ । अब त्यसलाई हेरेर थप कारबाही अघि बढाइने उनले बताए । घोराहीको लापरबाही हेर्दा तीन महिना उद्योग बन्द गर्नुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!