२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको १०७२ जना प्राविधिक जवानको भर्ना खुल्यो

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ १ नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा १०७२ जना प्राविधिक प्रहरी जवान माग गरेको हो ।
सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग गरेको छ भने सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको छ ।
दरखास्त ७५ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!