२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको १०७२ जना प्राविधिक जवानको भर्ना खुल्यो

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ १ नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा १०७२ जना प्राविधिक प्रहरी जवान माग गरेको हो ।
सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग गरेको छ भने सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको छ ।
दरखास्त ७५ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]