काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक (आईजी) चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् ।
सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा भएको छ ।
यस्तै इन्स्पेक्टर कमल राउतको एकल जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ ।
यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङका नजिकका मान्छे भएको आरोप लागेको छ । आफ्ना मानिसलाई मिलाउन आईजीले नियमित सरुवा प्रक्रिया रोकेर ‘काज’ प्रयोग गरेको उच्च प्रहरी स्रोतको आरोप छ ।
खापुङ आईजी भएपछि भेटेरै इन्स्पेक्टर लिम्बुले फेसबुकमा फोटो राख्दै बधाई काका भनेका छन् । यसरी आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश भएका छन् ।
सरुवा सूची दशैंअघि नै निस्किने तयारी भए पनि आईजी खापुङले “दशैंपछि मात्र निकालौँला” भन्दै गृहमन्त्रीलाई समेत ढाटेर काज निकालेको स्रोतको भनाइ छ ।