२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतमा वडा अध्यक्ष खड्का मृत भेटिए

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

एबिसी सम्बादाता
नेपालगन्ज माघ १ बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा भेटिएका छन । उनको शव भारतको बहराईजमा रहेको शंकर होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले वडा अध्यक्ष खड्काको शव भारतको बहराइजमा रहेको शकर होटलको कोठामा फेला परेको जाकारी आएको बताए ।
नेपाल भारत सीमा क्षेत्र जमुनाहमा रहेको सिसिटिभिमा मृतक खड्का २९ गते मंगलबार बिहान १० बजेर १४ मिनेटमा रिक्सा चढेर अर्को एक जनाको साथमा सिमा पारी भारततर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख ओलीले सो घटनाबारे बुधबार साँझ ४ बजेमात्र जानकारी आएको बताए । उनले भारतीय प्रहरीलाई उदृत गर्दै भने–‘ भारतीय प्रहरीले खड्काको कोठाको ढोका फोडेर भित्र पसेको भन्ने जानकारी आएको छ । घटनालाई शुष्म तरिकाबाट अनुसंन्धान सुरु गरेका छौ । घटनास्थल भारतमा भएको कारण भारतीय प्रहरीले पनि अनुसंन्धान गर्ने छ ।’
भारतीय प्रहरीले घटनाको २४ घण्टा पछिमात्र पोष्टमार्टमको प्रकृया सुरु गर्ने भएकोले शव नेपाल ल्याउन समय लाग्ने बाँकेका प्रहरी प्रमुख ओलीले जानकारी दिए ।
वडा अध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि बाँके निर्बाचन क्षेत्रनं. १ का सासद तथा नेकपाका नेता महेश्वर गहतराज र नेकपा बाँकेका सचिव अशोक कोईराला भारततर्फ लागेको प्रहरीले जनाएको छ । मृतक खड्का तीन छोरी र तीन छोरा रहेको र नेकपाबाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!