१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

भारतमा वडा अध्यक्ष खड्का मृत भेटिए

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

एबिसी सम्बादाता
नेपालगन्ज माघ १ बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा भेटिएका छन । उनको शव भारतको बहराईजमा रहेको शंकर होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले वडा अध्यक्ष खड्काको शव भारतको बहराइजमा रहेको शकर होटलको कोठामा फेला परेको जाकारी आएको बताए ।
नेपाल भारत सीमा क्षेत्र जमुनाहमा रहेको सिसिटिभिमा मृतक खड्का २९ गते मंगलबार बिहान १० बजेर १४ मिनेटमा रिक्सा चढेर अर्को एक जनाको साथमा सिमा पारी भारततर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख ओलीले सो घटनाबारे बुधबार साँझ ४ बजेमात्र जानकारी आएको बताए । उनले भारतीय प्रहरीलाई उदृत गर्दै भने–‘ भारतीय प्रहरीले खड्काको कोठाको ढोका फोडेर भित्र पसेको भन्ने जानकारी आएको छ । घटनालाई शुष्म तरिकाबाट अनुसंन्धान सुरु गरेका छौ । घटनास्थल भारतमा भएको कारण भारतीय प्रहरीले पनि अनुसंन्धान गर्ने छ ।’
भारतीय प्रहरीले घटनाको २४ घण्टा पछिमात्र पोष्टमार्टमको प्रकृया सुरु गर्ने भएकोले शव नेपाल ल्याउन समय लाग्ने बाँकेका प्रहरी प्रमुख ओलीले जानकारी दिए ।
वडा अध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि बाँके निर्बाचन क्षेत्रनं. १ का सासद तथा नेकपाका नेता महेश्वर गहतराज र नेकपा बाँकेका सचिव अशोक कोईराला भारततर्फ लागेको प्रहरीले जनाएको छ । मृतक खड्का तीन छोरी र तीन छोरा रहेको र नेकपाबाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!