२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपाल प्रहरीले फोन ट्रयाकिङ मेसिन भित्र्याउँदै

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी सम्बादाता)
काठमाडौं माघ २ सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ।
नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरिसकेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई ‘फोन ट्यापिङ’ गर्न सक्ने प्रस्तावित व्यवस्थाको विरोध भइरहेकै पृष्ठभूमिमा ‘टेलिफोन ट्रयाक’ मेसिन खरिद प्रक्रिया अघि बढेको हो। यो प्रक्रियाको दुरुपयोग हुन सक्ने आशंका गरिएको छ।
सरकारले ट्रयाकिङ प्रणाली खरिद निम्ति माघ १५ गतेसम्म कागजपत्र बुझाउनु भन्दै बोलपत्र आह्वान गरेको हो। यो प्रणालीको स्थापना, वितरण, परीक्षण र कार्यसम्पन्न ९० दिनभित्र हुनुपर्ने बोलपत्रमा उल्लेख छ। यो प्रणाली सीआईबीअन्तर्गत रहने बोलपत्रमा उल्लेख छ। यो प्रणालीमा रेकर्ड गरिएको सबै प्रतिक्रिया कम्तीमा ६ महिनासम्म भण्डारण वा संरक्षित गर्न सकिन्छ। यो प्रणालीले व्यक्तिको सही अवस्था कम्तीमा ५ मिनेटको शुद्धताका साथ फेला पार्नसक्छ।
नेपाल पुलिसले भौगोलिक खोजी र लक्षित मोबाइल फोन प्रयोगकर्ता ट्रयाक गर्न। यसका लागि नेपाल प्रहरीले लक्षित मोबाइल फोनको सटीक भौगोलिक स्थान निर्धारण गर्न प्रणाली प्राप्त गर्दछ (जसलाई प्रयोगकर्ता उपकरण वा यूई भनिन्छ। जुन आन्तरिक कोष प्रयोग गरेर नेपालको कुनै पनि २ जी, ३ जी, ४ जी,( जीएसएम, यूएमटीएस, भोल्टी) मोबाइल सञ्जालमा जोडिएको छ।
सीआईबीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले अपराधमा संलग्न मान्छे कहाँ छ भन्ने पत्ता लगाउन यो प्रविधि चाहिएको बताए। उनका अनुसार, अदालतको आदेशबाट मात्रै प्रहरीले व्यक्तिको ‘लोकेसन ट्रयाप’ गर्न गर्नेछ। ‘यो मेसिन बढी मात्रामा अपहरणमा संलग्न व्यक्ति खोज्न प्रयोग हुन्छ, अपहरणमा परेको उद्धारमा प्रयोग गर्ने उद्देश्य हो’, उनले भने, ‘त्यो पनि अदालतको आदेशमा मात्रै।’
हाल टेलिकमबाट मात्रै यो सुविधा उपलब्ध हुँदै आएको छ। टेलिकमबाट यो सुविधा लिँदा दुरुपयोग भएका थिए। कसैको कल डिटेल लिँदा अदालतको स्वीकृतिमा मात्र लिनु भन्ने आदेश सर्वाेच्च अदालतबाट भएको थियो।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले त्यसबारे आफूलाई जानकारी नभएको बताए। सरकारले दिएको बजेटमा रहेर प्रहरीले आवश्यक उपकरण खरिद गर्न सक्ने उनले स्पष्ट पारे। ‘मलाई त्यसबारेमा थाहा भएन, प्रहरीलाई सोध्नु होला’, उनले भने।
राष्ट्रियसभाका संसद् एवं अधिवक्ता राधेश्याम अधिकारीले सूचना प्रविधि विधेयकबारे व्यापक छलफल भइरहेको अवस्थामा यस्ता उपकरण खरिद गर्नु अनुचित भएको बताए। उनले उपकरणको प्रयोग गरेर व्यक्तिगत गोपनीयताको हकविरुद्ध जान नहुने बताए। उनले अदालतको आदेशविना कसैको फोन ट्रयाकिङ गर्न नपाइने बताए।
साझा पार्टी सचिवालय सदस्य प्रकाशचन्द्र परियारले विधयेक पारित नहुँदै प्रविधि ल्याउन हतारिनु गम्भीर आशंका पैदा भएको बताए। उनले भने, ‘सूचना तथा प्रविधि विधेयक नै परिमार्जनको व्यापक माग चर्किरहेका बेला व्यापक छलफल र बहस पछि ल्याउनुपर्ने प्रविधि किन अहिल्यै अत्यावश्यक प¥यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। यसले राम्रो संकेत गरेन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!