२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पोखरामा चम्ल्याहा शिशुहरु जन्म कति छोरा कति छोरी

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार)
पोखरा माघ १ एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।
उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १.३ किलोग्रामको छोरा, तेश्रोमा १.३ किलोग्रामकी छोरी र चौँथोमा १.४ किलोग्रामको छोरालाई जन्म दिएकी हुन्।
अस्पतालका शल्य चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको हो। बच्चा तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!