२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एसपी प्रसाईको एक्सन सुरु कानुन बिपरित काम गर्ने ३ असैइसहित ९ प्रहरी कारबाहीमा

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार ब्युरो)
राजविराज- प्रहरी ऐन तथा आचारणविरुद्ध काम गर्ने सप्तरीका ९ जना प्रहरी कारबाहीमा परेका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा ३ असई, २ हवल्दार र ४ प्रहरी जवान कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले वताए। जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रहरीको आचरणविरुद्ध काम गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको प्रसाईंले बताए।
कारबाहीमा परेकामध्ये असई जनक गौतम, कुम्भराज लिम्बू र प्रमोदप्रसाद साहलाई नसिहत दिइएको छ। प्रहरी हवल्दार रामेन्द्र महतो कोइरी र प्रहरी जवान सञ्जीत कार्कीको सुरुको तलब स्केलमा घटुवा गरिएको छ भने प्रहरी हवल्दार वीरेन्द्र मुखिया, प्रहरी जवान सन्देश राई र उमेश महरालाई नसिहत दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]