१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

कर्णालीमा चिसो र हिमपात बढ्यो जनजीवन कष्टकर

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

(एबिसी ब्युरो)
कर्णाली माघ ३ कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको साताँै पटक भएको जनाइएको छ ।हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ ।लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन् ।
जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताउनुभयो । “धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ ।जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताउनुभयो । हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँले दुखेसो व्यक्त गर्नुभयो ।
चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन् । सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन । हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला गर्दै आएका छन् ।जिल्ला प्रशासन कार्यालय जुम्लाले भने सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तात्तानो चीज खान सन्देश प्रवाह गरेको छ ।मौसम पूर्वानुमान महाशाखा काठमाडौँले आज गरेको प्रादेशिक साप्ताहिक मौसम पूर्वानूमानअनुसार कर्णाली प्रदेशका पहाडी जिल्लामा वर्षा हुनुका साथै हिमाली जिल्लामा भारी हिमपात हुने सम्भावना देखाएको छ । आजबाट शुरु भएर बिहीबारसम्म उच्च हिमाली भेकमा हिमपात र पहाडीमा भेकमा वर्षा हुने तालिका महाशाखाले सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!