०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सप्तरी प्रहरीको फरार अपराधी खोज्ने अभियान सुरु कारागार भरिभराउ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

(एबिसी ब्युरो)
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीलाई खोजतलास गरी धमाधम पक्राउ गर्न थालेपछि अहिले राजविराज कारागारमा कैदीबन्दी कोचाकोच भरिन पुगेका छन् । विगत ६ महिनायता विभिन्न अपराधमा संलग्न फरार अभियुक्त पक्राउ गर्न आक्रामक अभियान थालेका प्रहरीले ६१ जनालाई पक्राउ गरी कारागार चलान गरेपछि राजविराज कारागार भरिभराउ बन्न पुगेको हो ।
बिहीबार पनि प्रहरीले ज्यान मार्ने उद्योगकका फरार प्रतिवादी राजविराज नगरपालिका–१ का हरिलाल यादवलाई पक्राउ गरी करागार चलान गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विगत ६ महिनाको अवधिमा भएका विभिन्नखाले अपराध, पक्राउ परेका अपराधी तथा अपराध नियन्त्रणका लागि प्रहरीले गरेको गतिविधि सार्वजनिक गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले सो जानकारी गराएका हुन् ।
‘अदातलको फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा सुदृढ बनाउने कामलाई तीव्रता दिएसँगै फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन्,’ एसपी प्रसाईंले भने, ‘यसरी अपराधीलाई करागार चलान गर्दा करागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले भरिभराउ बन्न पुगेको हो ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा करागारमा व्यवस्थापनमा समस्या देखिन थालिएको जेलर सत्यनारायण यादव बताउँछन् । मुलुककै पुराना कारागारमध्ये एक राजविराज कारागार एकातिर जीर्ण छँदै छ, अर्कोतिर १२५ जनाको क्षमता भएका ३४८ जना कैदीबन्दी राख्नुले झनै समस्या थपिएको जेलर यादवले सुनाए ।
यति धेरै बन्दी भएकै अवस्थामा दिनहुँ एक–दुई जना थपिँदै गएपछि निगरानी गर्न पनि समस्या हुन थालेको जेलर यादवको भनाइ छ । पत्रकार सम्मेलनमा एसपी प्रसार्इंले ६ महिनायता विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकी फरार रहेका ३७ र अनुसन्धानका क्रममा फरार रहेका २४ गरी ६१ जना अभियुक्तलाई कारागार चलान गरिसकिएको जानकारी दिए ।
डीएसपी तिलक भारतीले यस अवधिमा ८ हजार १२५ लिटर अबैध धरेलु मदिरा नष्ट गरिनुका साथै विभिन्न स्थानमा अवैध रूपमा लगाइएको ३१ हजार १८ गाँजाको बोट फँडानी गरिएको बताए । यस्तै, सोही अवधिमा सवारीसाधन नियम उल्लंघनमा १३ हजार ३४२ जनामाथि कारबाही गरी ७९ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । यस अवधिमा विभिन्न अपराधका ४११ मुद्दा दर्ता भएकोमा २५९ मुद्दा फछ्र्यौट गर्न सफलता मिलेको र बाँकी १५२ मुद्दा किनारा लगाउन प्रहरी दिनरात काम गरिरहेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अपराध नियन्त्रण प्रतिवेदनमा उल्लेख छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले अपराध नियन्त्रण कार्य अझ प्रभावकारी बनाउन विभिन्न सुझावसमेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!