२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सप्तरी प्रहरीको फरार अपराधी खोज्ने अभियान सुरु कारागार भरिभराउ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

(एबिसी ब्युरो)
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीलाई खोजतलास गरी धमाधम पक्राउ गर्न थालेपछि अहिले राजविराज कारागारमा कैदीबन्दी कोचाकोच भरिन पुगेका छन् । विगत ६ महिनायता विभिन्न अपराधमा संलग्न फरार अभियुक्त पक्राउ गर्न आक्रामक अभियान थालेका प्रहरीले ६१ जनालाई पक्राउ गरी कारागार चलान गरेपछि राजविराज कारागार भरिभराउ बन्न पुगेको हो ।
बिहीबार पनि प्रहरीले ज्यान मार्ने उद्योगकका फरार प्रतिवादी राजविराज नगरपालिका–१ का हरिलाल यादवलाई पक्राउ गरी करागार चलान गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विगत ६ महिनाको अवधिमा भएका विभिन्नखाले अपराध, पक्राउ परेका अपराधी तथा अपराध नियन्त्रणका लागि प्रहरीले गरेको गतिविधि सार्वजनिक गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले सो जानकारी गराएका हुन् ।
‘अदातलको फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा सुदृढ बनाउने कामलाई तीव्रता दिएसँगै फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन्,’ एसपी प्रसाईंले भने, ‘यसरी अपराधीलाई करागार चलान गर्दा करागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले भरिभराउ बन्न पुगेको हो ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा करागारमा व्यवस्थापनमा समस्या देखिन थालिएको जेलर सत्यनारायण यादव बताउँछन् । मुलुककै पुराना कारागारमध्ये एक राजविराज कारागार एकातिर जीर्ण छँदै छ, अर्कोतिर १२५ जनाको क्षमता भएका ३४८ जना कैदीबन्दी राख्नुले झनै समस्या थपिएको जेलर यादवले सुनाए ।
यति धेरै बन्दी भएकै अवस्थामा दिनहुँ एक–दुई जना थपिँदै गएपछि निगरानी गर्न पनि समस्या हुन थालेको जेलर यादवको भनाइ छ । पत्रकार सम्मेलनमा एसपी प्रसार्इंले ६ महिनायता विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकी फरार रहेका ३७ र अनुसन्धानका क्रममा फरार रहेका २४ गरी ६१ जना अभियुक्तलाई कारागार चलान गरिसकिएको जानकारी दिए ।
डीएसपी तिलक भारतीले यस अवधिमा ८ हजार १२५ लिटर अबैध धरेलु मदिरा नष्ट गरिनुका साथै विभिन्न स्थानमा अवैध रूपमा लगाइएको ३१ हजार १८ गाँजाको बोट फँडानी गरिएको बताए । यस्तै, सोही अवधिमा सवारीसाधन नियम उल्लंघनमा १३ हजार ३४२ जनामाथि कारबाही गरी ७९ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । यस अवधिमा विभिन्न अपराधका ४११ मुद्दा दर्ता भएकोमा २५९ मुद्दा फछ्र्यौट गर्न सफलता मिलेको र बाँकी १५२ मुद्दा किनारा लगाउन प्रहरी दिनरात काम गरिरहेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अपराध नियन्त्रण प्रतिवेदनमा उल्लेख छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले अपराध नियन्त्रण कार्य अझ प्रभावकारी बनाउन विभिन्न सुझावसमेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!