३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

सरकारले ३० बर्षे सेवाहद हटाउने तयारी प्रस्तावित ऐन मन्त्रीपरिषदमा

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ४ सरकारले नेपाल प्रहरीमा विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटाउने गृहकार्य शुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच ३० बर्षे सेवाहदका कारण अवकाशमा जानै लाग्दा सरकारले प्रहरी नियमावली संसोधन गरेर नयाँ ब्यबस्था लागू गर्न लागेको प्रधानमन्त्री कार्यालय सम्बद्ध उच्च स्रोतले जानकारी दियो ।
दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई चर्को व्ययभार पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी नियमावली २०७१ मा रहेको ३० बर्षे सेवाहदको प्रावधान हटाउने तयारी थालिएको उच्च स्रोतको दावी छ । सोहीअनुसार प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ को मस्यौदा मन्त्रीपरिषदको कार्यालय पुगेको छ ।
‘आगामी मन्त्रीपरिषद बैठकले प्रस्तावित ऐनमा ३० बर्षे सेवाहदको प्रावधान तत्काल हटाउने बुँदा थपेर संघीय संसदमा नेपाल प्रहरी ऐन २०७६ दर्ता गर्नेछ ।’ उच्च स्रोतले भन्यो । ‘त्यस लगत्तै बस्ने मन्त्रीपरिषद बैठकले संसदमा कानुन दर्ता भईसकेको अवस्थामा प्रहरी नियमावली संसोधन गर्न वान्छनिय भएको भन्दै ३० बर्षे सेवाहदको प्रावधान हटाउने छ ।’
मन्त्रीपरिषद पुगेको प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ लागू भएपछि प्रहरी कर्मचारीले पदावधि र उमेरहदको आधारमा मात्रै सेवानिबृत हुनेछन् । प्रस्तावित ऐनमा प्रहरी महानिरीक्षक (आईजी) को पदावधि ३ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ४ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ बर्ष, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) को पदावधि १० बर्ष रहने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षक (आईजी) को उमेरहद ५८ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५७ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) देखि तलको सबै दर्जामा ५५ बर्ष उमेरहद रहने प्रस्ताव गरिएको छ ।
विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटेमा हालका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको कार्यकाल १४ महिना थपिनेछ । खनाल २०७४ चैत्र २९ मा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । त्यसो भएमा खनालको ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको कार्यकाल केही समय लम्बिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!