०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

सरकारले ३० बर्षे सेवाहद हटाउने तयारी प्रस्तावित ऐन मन्त्रीपरिषदमा

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ४ सरकारले नेपाल प्रहरीमा विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटाउने गृहकार्य शुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच ३० बर्षे सेवाहदका कारण अवकाशमा जानै लाग्दा सरकारले प्रहरी नियमावली संसोधन गरेर नयाँ ब्यबस्था लागू गर्न लागेको प्रधानमन्त्री कार्यालय सम्बद्ध उच्च स्रोतले जानकारी दियो ।
दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई चर्को व्ययभार पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी नियमावली २०७१ मा रहेको ३० बर्षे सेवाहदको प्रावधान हटाउने तयारी थालिएको उच्च स्रोतको दावी छ । सोहीअनुसार प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ को मस्यौदा मन्त्रीपरिषदको कार्यालय पुगेको छ ।
‘आगामी मन्त्रीपरिषद बैठकले प्रस्तावित ऐनमा ३० बर्षे सेवाहदको प्रावधान तत्काल हटाउने बुँदा थपेर संघीय संसदमा नेपाल प्रहरी ऐन २०७६ दर्ता गर्नेछ ।’ उच्च स्रोतले भन्यो । ‘त्यस लगत्तै बस्ने मन्त्रीपरिषद बैठकले संसदमा कानुन दर्ता भईसकेको अवस्थामा प्रहरी नियमावली संसोधन गर्न वान्छनिय भएको भन्दै ३० बर्षे सेवाहदको प्रावधान हटाउने छ ।’
मन्त्रीपरिषद पुगेको प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ लागू भएपछि प्रहरी कर्मचारीले पदावधि र उमेरहदको आधारमा मात्रै सेवानिबृत हुनेछन् । प्रस्तावित ऐनमा प्रहरी महानिरीक्षक (आईजी) को पदावधि ३ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ४ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ बर्ष, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) को पदावधि १० बर्ष रहने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षक (आईजी) को उमेरहद ५८ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५७ बर्ष, प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५६ बर्ष र प्रहरी उपरीक्षक (एसपी) देखि तलको सबै दर्जामा ५५ बर्ष उमेरहद रहने प्रस्ताव गरिएको छ ।
विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटेमा हालका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको कार्यकाल १४ महिना थपिनेछ । खनाल २०७४ चैत्र २९ मा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । त्यसो भएमा खनालको ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको कार्यकाल केही समय लम्बिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]