काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्।
प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम शाह हुन्। शाहचाहि एआइजी भएकाले मात्रै प्रतिस्पर्धामा देखिएका छन्।
उनी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा प्रवेश गरेका कारण ‘सिनआउट’भैसकेका छन्। विभागीहरुबीच प्रतिस्पर्धा चल्ने भएपछि अहिले कार्की, अधिकारी र केसी नै संगठन हाँक्ने गरी प्रस्तुत भएका छन्।
अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएकाले पनि आइजिपी नियुक्तिको विषयलाई नजिकबाट हेरिरहेको छ। खासगरी जेनजी आन्दोलनपछि उठेका मागलाई नयाँ आइजिपीका तर्फबाट समेत साथसहयोग लिने गरी वर्तमान सरकारले नियुक्ति गर्ने बताइएको छ।
प्रहरीभित्रको धेरैजसो नियम र आचारसंहिता तथा आन्तरिक सर्कुलर पोलिसी कोअर्डिनेसन कमिटीमा टेबुल हुने लिखित विवरण उनले नै तयार पारेका हुन्छन्। तर उनी त्यतिधेरै प्रचारमा आउन नचाहने प्रहरी अधिकृत हुन्। अहिलेको सरकारले उनै अधिकारीलाई पहिलो प्राथमिकतमा राखेर बढुवाको लागि तयारी गरेको स्रोतको दावी छ।
त्यसमा अहिलेको सरकारले तीन एआइजीमध्ये अपराध अनुसन्धानमा अब्बल रहेका,प्रहरीको नीति निर्माणमा उच्च ठानिएका तथा प्रहरीलाई उच्च मनोबलका साथ अघि बढाउने एआइजीलाई छान्ने बताइएको छ।
‘हिजो के भएको थियो भन्दा पनि अबको नेपाल प्रहरीलाई कसरी अघि बढाउने भन्ने स्पष्ट मिसन, भिजन भएको एआइजीलाई आइजीपी बनाउने हो’, गृहमन्त्री निकट रहेका एक अधिकारीले भने।
सरकारले आइजिपी नियुक्तिका लागि प्रहरी नियमावलीको दफा ४१ लाई उपयोग गर्नेछ। प्रहरी नियमावली २०७२ को बढुवासम्बन्धी दफा ४१ मा ‘प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायब महानिरीक्षकबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ’ भन्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सरकारले नयाँ आइजिपी नियुक्ति गर्नेछ। जसले गर्दा प्रतिस्पर्धामा रहेका मध्ये अब्बललाई आइजीपी नियुक्ति गर्ने अधिकार अहिलेको सरकारलाई रहेको छ।
अहिलेको प्रतिस्पर्धा मूख्यगरी कार्की, अधिकारी र केसीबीच देखिएको छ। कार्कीको कमाण्डलाई नेपाल प्रहरीभित्र रुचाइएको छैन। भदौ २४ गतेको घट्नामा उनको कार्यक्षमता निकै कमजोर भएकाले प्रहरी कार्यालय जलेको भन्दै प्रश्न उठाइएको छ।
उनी अहिले उपत्यका प्रहरी कार्यालयमा रहेका छन्। जेनजी आन्दोलनमा पनि उनी त्यही हुँदा नै काठमाडौका ९० प्रतिशत कार्यालय तोडफोड हुनुका साथै हातहतियार लुटिएका थिए।
कार्कीको कमाण्डलाई नेपाल प्रहरीभित्र रुचाइएको छैन। भदौ २४ गतेको घट्नामा उनको कार्यक्षमता निकै कमजोर भएकाले प्रहरी कार्यालय जलेको भन्दै प्रश्न उठाइएको छ। उनी अहिले उपत्यका प्रहरी कार्यालयमा रहेका छन्। जेनजी आन्दोलनमा पनि उनी त्यही हुँदा नै काठमाडौका ९० प्रतिशत कार्यालय तोडफोड हुनुका साथै हातहतियार लुटिएका थिए।
कार्कीपछि दोस्रो नम्बरमा रहेका अधिकारी अपराध अनुसन्धान र कमाण्डमा सफल प्रहरी अधिकृत हुन्। उनी प्रहरी संगठनमा निष्कलंक अधिकृतका रुपमा परिचित छन्। अहिलेसम्म वेदाग रहेका अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान बस्दा होस् वा विशेष व्यूरोमा बस्दा होस अनुसन्धान अब्बल कहलिएका छन्। उनले अनुसन्धान गरेका धेरै मुद्दाहरु चर्चित रहेका छन्।
चर्चित सहसचिव चुडामणि शर्मा लगायत कर फछ्र्यौट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको अनुसन्धान उनै अधिकारीले नै गरेका थिए।
त्यसैगरी तराई मधेशमा आतंकको साम्राज्य विस्तार गरेका पूर्वमन्त्री सञ्जय टक्लाको अपराध सम्बन्धी फेहरिस्त पनि उनै अधिकारीले अनुसन्धान गरेर बाहिर ल्याएका थिए। अहिले यी दुवै पात्र जेलमा रहेका छन्। त्यस्तै गण्डकी प्रदेशका पूर्व मन्त्री गुण्डा नाइके दीपक मानङेलाई पक्राउ गर्दा पनि उनी विशेष व्यूरोमा रहेका थिए। यस्ता दर्जनौ चर्चित फाइलहरु उनले अनुसन्धान गरेका थिए।
नीति निर्माणको तहमा अधिकारीको भूमिका रहेको छ। त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ रहेका अधिकारी प्रहरी संगठनमा भद्र र शालीन अधिकृतका रूपमा परिचित छन्।
विशेष ब्युरोलगायत अनुसन्धानमूलक निकायमा बसेर काम गरेका अधिकारी आफूले गरेको कामको प्रचार गर्न रुचाउँदैनन्। तर प्रहरी संगठन कस्तो बनाउने भन्ने खाका भने उनले बनाएका हुन्छन्।
यस्तै प्रहरीको नीति निर्माणको तहमा उनको भूमिका ठूलो छ। त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ रहेका अधिकारी प्रहरी संगठनमा भद्र र शालीन अधिकृतका रूपमा परिचित छन्।
विशेष ब्युरोलगायत अनुसन्धानमूलक निकायमा बसेर काम गरेका अधिकारी आफूले गरेको कामको प्रचार गर्न रुचाउँदैनन्। तर प्रहरी संगठन कस्तो बनाउने भन्ने खाका भने उनका टेबुलमा छरपस्ट भेटिन्छन्।