२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डिभोर्स भएपछी श्रीमानको आफ्नै घर जेल र नर्क जस्तो लाग्छ, महिलाहरुलाई किन ?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, कार्तिक १७, २०८२

बाँके । डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।

गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।

झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।

बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।

एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।

रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।

म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?

केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।

मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।

पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।

केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।

तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।

पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले “कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो” भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।

बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।

आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।

आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।

उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।

सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।

दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।
सामाजिक संजालबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!