२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

ऋण मिनाहा गर्दै सुर्योदय लघुवित्तद्धारा ऋण मृतकका परिवारलाई चेक हस्तान्त्रण

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(एबिसी संचार)
बाँके माघ ५ कोहलपुर सुर्योदय लघुवित्तद्धारा मृतकका परिवारलाई चेक हस्तान्त्रण
सुर्योदय लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालय स्याङ्जा अन्तरगत भवानीपुर शाखा बाँकेले आफ्नो संस्थाका मृतक सदस्यको परिवारलाई नगद चेक उपलब्ध गराएको छ । संस्थाको शाखा कार्यालय भवानीपुरले एकता नगर महिला समुहकी सदस्य खिमादेवी ओलिका परिवारलाई चेक हस्तान्तरण गरेको हो ।
पौष २६ गते मृत्यु भएकी खिमा देवीका परिवारलाई १ लाख ४ हजार रुपैयाको चेक हस्तान्त्रण गरीएको संस्थाका शाखा प्रमुख कबिन्द्र शाहीले जानकारी दिए ।
महिला समुहमा आबद्ध खिमा देविले लघुवित्त संस्थाबाट साधारण ऋण ६० हजार र मौसमी ऋण २० हजार लगेकी थिईन । खुमादेवीको अकस्मात निधन भएपछि उनले लगेको सबै ऋण मिनाहा गर्दै संस्थाले चेक उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
खिमादेवीको परिवारका तर्फबाट उनका छोरा भिम बहादुर ओलीले चेक बुझेका थिए ।
संस्थाका शाखा प्रमुख शाहीका अनुसार संस्थाको नियम अनुसार खिमा देवीले लगेको सबै ऋण मिनाहा गर्दै विमा वापतको रकम उपलब्ध गराईएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]