२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मानवता बिरुद्धको अपराधको अन्त्य गर्न लागि परेको छौ मन्त्री: गुरुङ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(भावना हमाल)
दैलेख माघ ७ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानवता बिरुद्धको अपराधको अन्त्य गर्न सबै सरोकारबाला निकाय लागि परेको बताइन् । दैलेखको दुल्लु नगरपालिकामा छाउगोठ अन्त्य तथा मर्या्दित महिनावारी प्रवर्द्धन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताइन ।
कार्यक्रममा स्वास्थ्य तथा राज्य मन्त्री नमराज रावतले मानब स्वास्थ्य को बारेमा गम्भीरता पुर्बक छलफल गर्न र छाउको अन्त्य आफुबाट सुरु गर्नुपर्ने बताएका छन् ।
दुल्लु अस्पताल लाई स¬ंघ सरकार मातहत राख्न दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मागपत्र बुझाए । संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोख्ररेल , माननिय राज बहादुर बुढा , माननिय पार्बती बिशुन्केले दुल्लु अस्पताल नेपाल सरकार मतहतमा राख्नु पर्ने धारणा राखेका छन । नेकपाको सदस्यले महिनाबारी बारे सदस्यता खारेज गर्ने प्रतिनिधिसभा सांसद रबिन्द्रराज शर्माको भनाइ छ ।
यस्तै ः प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लामा भएको समग्र छाउ को अवस्था र प्रहरी जनप्रतिनिधी मिलेर गरेको लामको जानकारी दिए । अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिकाको आयोजनामा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]