२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

प्रहरीमा एकै ब्याचबाट तीन आईजी बन्ने सम्भावना बढ्यो, यस्तो छ सरकारको तयारी

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(सागर थापा)
काठमाडौं माघ ८ प्रहरी नेतृत्व हेरफेरको दिन जति–जति नजिकिँदैछ, उतिउति नयाँ ऐन ल्याउने गरी दौडधुप पनि बाक्लिएको छ । अहिले बहाल रहेकै व्याच (९० टोली) का एआइजी वा डिआइजी नयाँ आइजिपी हुने गरी काम अघि बढ्दैछ ।
संघीय प्रहरी ऐनको अभावमा प्रदेश प्रहरी गठन हुन सकेको छैन । केन्द्रीय प्रहरी नेतृत्वले सुरक्षा निकायलाई छिन्नभिन्न पार्ने गरी कुनै पनि ऐन–कानुन स्वीकार्य नहुने बताएपछि नेपाल प्रहरी ऐन– २०७६ को मस्यौदा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको छ । त्यसमा महानिरीक्षकको पदावधी तीन वर्ष, अतिरिक्त महानिरीक्षक (एआइजी) चार, नायव महानिरीक्षक (डिआइजी) को पाँच, वरिष्ठ उपरीक्षक (एसएसपी) को ६ र उपरीक्षक (एसपी) को १० वर्ष पदावधिको व्यवस्था छ । उक्त ऐनको मस्यौदामा प्रहरी अवकासको विद्यमान व्यवस्था परिवर्तन गरिएको छ ।
विद्यमान व्यवस्थाअनुसार, सेवा प्रवेश गरेको ३० वर्षलाई अनिवार्य अवकासको आधार मानिन्छ । तर, नयाँ ऐनमा पदावधि र उमेरमध्ये जुन पहिला आउँछ, त्यस आधारमा अवकास हुनेगरी मिलाइएको छ । उमेरहद ५८ वर्ष कायम गरिएको छ । यसअघि गृहमन्त्रालयले तयार पारेको प्रहरी ऐन २०७६ को मस्यौदामा नयाँ प्रहरी ऐन लागु भएको मितिदेखि प्रहरी सेवामा भर्ना हुने कर्मचारीका हकमा ३० वर्षे सेवाहद नलाग्ने उल्लेख थियो । तर, त्यस्तो नीति व्यवहारिक नहुने भन्दै असन्तुष्टि जनाएपछि अहिले नयाँ ऐन अघि बढाइएको हो । मन्त्रिपरिषद्को विधेयक समितिले नयाँ ऐन स्वीकृत गरेलगत्तै संसदमा दर्ता हुने र पारित गर्ने प्रक्रियामा लगिने काम हुन्छ । तर, प्रहरीमा माघ २७ गते रिक्त हुने ३० भन्दा बढी उच्चअधिकारीको हकमा के गर्ने भन्नेबारे अहिलेसम्म केही टुंगो लागेको छैन ।
यदि यही ऐन लागु भयो र बहालवाला नेतृत्वले २७ गते अवकास पाएन भने एआइजी पुष्कर कार्की एक वर्षका लागि आइजिपी हुन्छन् भने सर्वेन्द्र खनालले अझै एक वर्ष चलाउने मौका पाउँछन् । पुष्करले एक वर्ष चलाएपछि फेरि त्यही व्याचबाट केदार रिजाल केही समयलाई आइजिपी हुन्छन् । केदार उक्त व्याचमा सबैभन्दा कम उमेरका अधिकृत हुन् । तर, यसो गर्दा लगत्तै महानिरीक्षकको लाइनमा रहेका ठाकुर ज्ञवालीदेखि शैलेस थापा क्षेत्री, हरिबहादुर पाल, विश्वराज पोखरेलहरुको व्याच सर्लक्कै डिआइजीबाट घर जान्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]