१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

बर्दिया राजापुर रेष्टुरेन्टमा गोली चल्यो रेस्टुरेन्ट स्टाफ २७ वर्षीय निरज चौधरीको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २२, २०८२

बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ ।

अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले बताए ।

उनको शव पोष्टमार्टमका लागि नेपालगञ्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज चौधरीको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिर्पोट नआएसम्म विस्तृत जानकारी दिन नसकिने बताएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!