दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालय तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम
सम्बन्धि सचेतना कार्यक्रम गर्नुका साथै हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनमा रेडियम स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।