१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

निर्वाचनलाई मध्यनजर गर्दै बाँके जमुनाहा इन्चार्ज मल्लको कमान्डमा चेकजाँच तिब्र कडाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २३, २०८२

बाँके । नेपालगन्ज ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले भारतबाट अवैधरुपमा साना हातहतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने खतरालाई मध्यनजर गरि ईलाका प्रहरी कार्यालय जमुनाहा नाकामा कडाई गरेको छ । भारतबाट अवैधरुपमा साना हातहतियार तथा लागु औषध भित्रिने खतरालाई मध्यनजर गरि भारतबाट नेपाल आउनेमाथि कडाई सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज प्रहरी निरीक्षक किरण प्रकाश मल्लको नेतृत्वमा खटिएका प्रहरीहरुले नाकामा निरन्तर कडाई गरेको इन्चार्ज मल्लले बताए । ‘भारतबाट अवैध हातहतियार तथा लागु औषध भित्रिन सक्ने खतरालाई मध्यनजर गरि नाकामा कडाई गरिएको हो,’ एसपी जिसीले भने ।

खुला सीमा र कमजोर सुरक्षा ब्यवस्थाको फाइदा उठाउँदै साना हातहतियार र लागु पदार्थको समेत आयात हुनसक्ने जोखिमलाई मध्यनजर गरेर सीमामा कडाइ गरिएको उनको भनाई छ ।

नाकालाई नाकामा हुने आउजाउलाई ब्यवस्थित बनाउने प्रयास गरिएको उनले बताए । पैदलयात्री, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको फरक फरक लाइन बनाइएको बताउँदै उनले आफू रहँदासम्म नाकामा कडाई गरिने स्पष्ट पारे । ‘पहिले के र कस्तो थियो त्यो मेरो चासोको विषय होइन । म बाँकेमा रहँदासम्म नाकामा कडाई हुन्छ,’ उनले भने । नाकालाई ब्यवस्थित र पारदर्शी बनाउन नेपालबाट जाने तथा नेपाल आउनेको पहिचान खुल्ने कागजात हेर्न थालेको बताउँदै उनले अवैध ब्यक्ति सहजरुपमा नेपाल आउन नदिइने जिकिर गरे । यसअघि जो कोही सहज रुपमा नाका पार गर्थे, सुरक्षा जाँच पनि नाम मात्रको हुन्थ्यो । तर अहिले प्रवेश गर्ने प्रत्येक मानिसलाई ‘यो नेपाल प्रवेश बिन्दु हो’ भन्ने अनुभूति दिलाउने वातावरण तयार पारिएको छ,’ एसपी जिसीले भने, ‘नाका भनेको नाका जस्तै हुनुपर्छ । कम्तिमा भारतबाट प्रवेश गर्नेले यो आधिकारिक सीमा नाका हो भन्ने महसुस गर्नुपर्छ ।

यसका लागि प्रहरीले सुरक्षा सतर्कता मात्र बढाएको छैन, नाकाको भौतिक अनुशासन पनि सुधार गरेको छ । लामो समयदेखि भारत–नेपाल सीमालाई अपराधीहरूले सहज ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्दै आएको कुरा कुनै नयाँ होइन ।’ अहिले प्रहरीको कडाईले तिनलाई कम्तिमा पनि असहज बनाएकोे उनले दाबी गरे ।

जमुनाहा नाका आसपास अव्यवस्थितरूपमा पार्किङ हुँदै आएको अटोरिक्साहरू पनि व्यवस्थापन गरिएको उनले बताए । ‘जहाँ–तहीँ रोक्ने, भीड बढाउने, सुरक्षाकर्मीको आँखा छलेर मान्छे ओसार–पसार गर्ने जस्ता समस्या समाधानको प्रयास भइरहेको उनको भनाई छ । ‘अटोरिक्सा ब्यवस्थापनका लागि सूचना जारी गरिएको छ । सूचनाको म्याद सकिने वित्तिकै अव्यवस्थित रुपमा पार्किङ गर्ने अटोरिक्सालाई कारवाहीको दायरामा ल्याइने छ,’ उनले भने, ‘तोकिएको स्थानमै मात्र गाडी रोक्ने, यात्रु चढाउने, ओराल्ने ब्यवस्था मिलाइएको छ । अटेर गरे कारवाहीको भागिदार हुनुपर्ने छ ।’

प्रहरीले अटोरिक्सा ब्यवस्थापन गरेपछि जमुनाहा क्षेत्रमा हुँदै आएको भीडभाड कम भएको छ भने यात्रुलाई सहजसमेत भएको छ ।

उनले निर्वाचनलाई लक्षित गरि सुरक्षाकर्मी परिचालन गरिएको र जिल्लाको सुरक्षा अवस्थाको जानकारी लिने काम जारी रहेको बताए । उनले राप्तीसोनारी, बैजनाथ, खजुरा, कोहलपुर, डुडुवा लगायत पालिकामा आफै पुगेर सुरक्षा अवस्था र सुरक्षा चुनौतिका बारेमा जानकारी लिएको बताए । ‘निर्वाचनलाई लक्षित गरि नेपाली सेना र नेपाल प्रहरीको टोलीले विहान–बेलुका संयुक्त गस्ती गरिरहेको छ । यो संयुक्त गस्तीले पनि नागरिकलाई सुरक्षित महशुस गराएको छ,’ एसपी जिसीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!