२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जेनजी प्रदर्शनमा ‘टिओबीयो समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् । उनलाई म‌ंगलबार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो

तेन्जिङ तिब्बतीयन मुलका हुन् । २०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले उच्छृङ्खल गतिविधि गरेको थियो ।

टिओबीको अर्थ ‘तिब्बतीयन ओर्जिनल ब्लड’ भनिएको छ । कमाण्डर तेन्जिङ भएपनि टिओबीका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने गर्छन् । टिओबीमा ५७ जना सदस्य रहेको एसपी पवन भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]