०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

भारतीय बजार रुपईडिहा क्षेत्रमा हुस्सुको कारण भयानक दुर्घटना एकजना गम्भीर घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २४, २०८२

बाँके । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहा क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ । आज विहान करिब सात बजे रोडवेज बस र माल वाहक ट्रेलर एकआपसमा ठोक्किएका हुन् ।

घना कुहिरोका कारण भएको दुर्घटनामा ट्रेलरका चालक गम्भीर घाइते भएका छन् । रुपईडिहा थाना क्षेत्रको कुतुबुद्दीन कलवारी गाउँका पासमा भएको दुर्घटनामा ट्रेलर चालक भारतको पंजाब निवासी २६ वर्षीय रवी कुमार गम्भीर घाइते भएका हुन् । बसमा सवार सबै यात्रु सकुशल रहेका छन् । रोडवेज बसमा केही नेपाली यात्रुसहित भारतीय यात्रु सवार थिए । सबै यात्रु सकुशल रहेको र आ–आफ्नो गन्तब्यमा गईसकेको रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

घाइते ट्रेलर चालकको चर्दास्थित सिएचसी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बहराइच रिफर गरिएको भारतीय प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीलाई उधृत गर्दै सहकर्मी शुक्लाले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!