१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

राष्ट्रिय जनमोर्चाको प्रचारात्मक जनसभा दाङको लमहीमा सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, मंसिर २६, २०८२

दाङ । लमही नेपाल कम्युनिष्ट पार्टी,मसालकाे वैधानिक चुनावी मोर्चा मानिने राष्ट्रिय जनमाेर्चाकाे प्रचारात्मक जनसभा देउखुरी – लमहीमा सम्पन्न भएको छ । बिहीबार अपरान्ह सो जनसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले आफूलाई ठूला संझिने तीनठूला राजनीतिक दलहरुका कुकृत्यले नेपाल राज्य विहीनताजस्तै अवस्था आएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ—देउखुरीले बिहीबार दिउँसो देउखुरीको लमही बसपार्कमा आयोजना गरेको प्रचारात्मक जनसभालाई सम्बोधन गर्दै रेग्मीले तीनवटा ठूला मानिने राजनीतिक दलहरू एमाले, कांग्रेस र तत्कालीन माओवादीकै कारण देशमा अहिलेको अवस्था आइपरेकोमा तीब्र कटाक्ष गरेका छन् ।

प्रचारात्मक जनसभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष रेग्मीले आफूलाई ठूलादल भनेर नथाक्ने एमाले, कांग्रेस र तत्कालीन माओवादीहरुमा हावी भएको चरम सत्तालोलूपका कारण जेञ्जी आन्दोलन बिष्फाेट भएकोप्रति लक्षित गरेका छन् ।

तीनठूला दलहरुले आपसमा सत्ताका लागि गरेका गलत रवैयाका कारण देशमा चरमरूपमा भ्रष्टाचार, अनियमितता र कुशासन मौलाएको हुनाले जेञ्जी युवापुस्ताले आन्दोलनमा उत्रिएको अध्यक्ष रेग्मीले दाबी गरेका छन् । साथसाथै केन्द्रीय अध्यक्ष रेग्मीले गत भाद्र २३ र २४ गतेको जेञ्जी आन्दोलनबाट भएका जतिपनि सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी तत्कालिन सत्तापक्ष र प्रतिपक्ष दलले लिनुपर्ने जिकिर समेत गरेका छन् ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको प्रमुख आतिथ्यतामा जनसभा सम्पन्न भएको हाे । उक्त जनसभामा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पनि ठूला दलहरुका नेताहरुको अकर्मण्यताका परिणामस्वरूप जेञ्जी आन्दोलन भएको ठाेकुवा गरे । लोकतन्त्रका नाउँमा तीनठूला दलहरुमा मौलाएको लुटतन्त्रकै कारण देशमा गणतन्त्र, संविधान र राष्ट्रियता खतरामा रहेको कार्यकारी अध्यक्ष नेपालीले आरोप लगाएका छन् ।

राष्ट्रिय जनमाेर्चाका कार्यकारी अध्यक्ष नेपालीले एमाले, कांग्रेस र माओवादीले पालैपालो गर्दै सत्तालाई बाँडीचुँडी खाने प्रबृतिले देशमा जेञ्जी आन्दोलनले मौकाको फाइदा पाएको टिप्पणी गरे ।

त्यसैगरी मोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले देश निकै भयावह अवस्था रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् । तिनै ठूला दलहरुका प्रबृतिका कारण चरम निरासामा छाएको आचार्यले स्पष्ट पारेका छन् । अध्यक्ष आचार्यले सत्ता र सरकारमा हालीमुहाली गर्ने दलहरु जनताका समस्या हल गर्नेतर्फ नभई राष्ट्रघातमा लागेका कारण पछिल्लो समय राजनीतिक दलहरुप्रति चरम बितृष्णा पैदा भएकोमा आक्रोश पोखे ।

पार्टीका केन्द्रीय सदस्य कमला जिसीले अब उप्रान्त ठूला दलहरुका नेता र नेतृत्वहरु सच्चिनुपर्ने र अबपनि नसच्चिने भए उनीहरू आफैं समाप्त भएर जाने बेला आएको खबरदारी गरे । पार्टी ठूलो भएर अब केही नहुने बताउँदै अहिलेको राष्ट्रिय संकटका बेला सबै राजनीति दलहरु राष्ट्रिय समस्याका लागि गम्भीर हुन आवश्यक रहेको जिसीले चर्चा समेत गरे ।

राष्ट्रिय जनमोर्चा दाङका जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरू भएको सभामा उद्योग व्यापार संघ जिल्ला सचिव ठाकुर भण्डारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका केन्द्रीय सदस्य सेवक भट्टराई लगायतका वक्ताहरूले उक्त जनसभालाई सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन मोर्चाका जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!