२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

राष्ट्रिय जनमोर्चाको प्रचारात्मक जनसभा दाङको लमहीमा सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, मंसिर २६, २०८२

दाङ । लमही नेपाल कम्युनिष्ट पार्टी,मसालकाे वैधानिक चुनावी मोर्चा मानिने राष्ट्रिय जनमाेर्चाकाे प्रचारात्मक जनसभा देउखुरी – लमहीमा सम्पन्न भएको छ । बिहीबार अपरान्ह सो जनसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले आफूलाई ठूला संझिने तीनठूला राजनीतिक दलहरुका कुकृत्यले नेपाल राज्य विहीनताजस्तै अवस्था आएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ—देउखुरीले बिहीबार दिउँसो देउखुरीको लमही बसपार्कमा आयोजना गरेको प्रचारात्मक जनसभालाई सम्बोधन गर्दै रेग्मीले तीनवटा ठूला मानिने राजनीतिक दलहरू एमाले, कांग्रेस र तत्कालीन माओवादीकै कारण देशमा अहिलेको अवस्था आइपरेकोमा तीब्र कटाक्ष गरेका छन् ।

प्रचारात्मक जनसभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष रेग्मीले आफूलाई ठूलादल भनेर नथाक्ने एमाले, कांग्रेस र तत्कालीन माओवादीहरुमा हावी भएको चरम सत्तालोलूपका कारण जेञ्जी आन्दोलन बिष्फाेट भएकोप्रति लक्षित गरेका छन् ।

तीनठूला दलहरुले आपसमा सत्ताका लागि गरेका गलत रवैयाका कारण देशमा चरमरूपमा भ्रष्टाचार, अनियमितता र कुशासन मौलाएको हुनाले जेञ्जी युवापुस्ताले आन्दोलनमा उत्रिएको अध्यक्ष रेग्मीले दाबी गरेका छन् । साथसाथै केन्द्रीय अध्यक्ष रेग्मीले गत भाद्र २३ र २४ गतेको जेञ्जी आन्दोलनबाट भएका जतिपनि सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी तत्कालिन सत्तापक्ष र प्रतिपक्ष दलले लिनुपर्ने जिकिर समेत गरेका छन् ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीको प्रमुख आतिथ्यतामा जनसभा सम्पन्न भएको हाे । उक्त जनसभामा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पनि ठूला दलहरुका नेताहरुको अकर्मण्यताका परिणामस्वरूप जेञ्जी आन्दोलन भएको ठाेकुवा गरे । लोकतन्त्रका नाउँमा तीनठूला दलहरुमा मौलाएको लुटतन्त्रकै कारण देशमा गणतन्त्र, संविधान र राष्ट्रियता खतरामा रहेको कार्यकारी अध्यक्ष नेपालीले आरोप लगाएका छन् ।

राष्ट्रिय जनमाेर्चाका कार्यकारी अध्यक्ष नेपालीले एमाले, कांग्रेस र माओवादीले पालैपालो गर्दै सत्तालाई बाँडीचुँडी खाने प्रबृतिले देशमा जेञ्जी आन्दोलनले मौकाको फाइदा पाएको टिप्पणी गरे ।

त्यसैगरी मोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले देश निकै भयावह अवस्था रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् । तिनै ठूला दलहरुका प्रबृतिका कारण चरम निरासामा छाएको आचार्यले स्पष्ट पारेका छन् । अध्यक्ष आचार्यले सत्ता र सरकारमा हालीमुहाली गर्ने दलहरु जनताका समस्या हल गर्नेतर्फ नभई राष्ट्रघातमा लागेका कारण पछिल्लो समय राजनीतिक दलहरुप्रति चरम बितृष्णा पैदा भएकोमा आक्रोश पोखे ।

पार्टीका केन्द्रीय सदस्य कमला जिसीले अब उप्रान्त ठूला दलहरुका नेता र नेतृत्वहरु सच्चिनुपर्ने र अबपनि नसच्चिने भए उनीहरू आफैं समाप्त भएर जाने बेला आएको खबरदारी गरे । पार्टी ठूलो भएर अब केही नहुने बताउँदै अहिलेको राष्ट्रिय संकटका बेला सबै राजनीति दलहरु राष्ट्रिय समस्याका लागि गम्भीर हुन आवश्यक रहेको जिसीले चर्चा समेत गरे ।

राष्ट्रिय जनमोर्चा दाङका जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरू भएको सभामा उद्योग व्यापार संघ जिल्ला सचिव ठाकुर भण्डारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका केन्द्रीय सदस्य सेवक भट्टराई लगायतका वक्ताहरूले उक्त जनसभालाई सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन मोर्चाका जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!