२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सविन प्रियासनको कविता संग्रह पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीद्वारा सार्वजनिक,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरिसकेका साहित्यकार सविन प्रियासनले पहिलो कविता संग्रह सार्वजनिक गरेका छन्। ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ शीर्षकमा तयार गरिएको उक्त कविता संग्रह काठमाडौमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिले बिमोचन गर्न्नु भयको हो ।

प्रियासनका अनुसार संग्रहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म उनले बुनेका योजनाहरू, गरेका कामहरू र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदमहरू कवितामार्फत प्रस्तुत गरिएको छ। कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन्। प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसङा आयोजनामा विशेष समारोहबीच विमोचन गरिएको हो ।
पत्रकार महासंघका केन्द्रीय सचिव, प्रेस चौतारी नेपालका दुईपटक केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता रहिसकेका प्रियासन यसअघि पनि अत्यन्तै सक्रिय साहित्यकारका रूपमा परिचित छन्। यसै वर्ष मात्र उनले तीन वटा उपन्यास सार्वजनिक गरेका छन्। हालसम्म उनका १३ उपन्यास, एक कथा संग्रह, एक सम्पादकीय संग्रह तथा थुप्रै गीतहरू प्रकाशित भइसकेका छन्।

प्रियासनका अनुसार नयाँ कविता संग्रहमा देशको समृद्धि, सम्भावना, सुशासन र नेतृत्वका विषयहरू पूर्वप्रधानमन्त्री ओलीसँग जोडेर कवितामार्फत चित्रण गरिएको छ। पुस्तकमा एमाले महासचिव शंकर पोखरेलसहित केही नेता तथा पत्रकारहरूको शुभकामना सन्देश पनि समावेश गरिएको छ।

साहित्यिक क्षेत्रमा चर्चा कमाएको प्रियासनको नयाँ कविता संग्रह प्रकाशनको पर्खाइमा अहिले साहित्यप्रेमीहरूले चासो देखाइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]