पाल्प । निस्दी गाउँपालिका- ४ मित्यालमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
मित्यालबाट नवलपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप बाटोमै रोकिएर यात्रु झार्ने क्रममा झन्डै ६ सय मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
कति जना सवार थिए भन्ने यकिन नभए पनि पाँच जना घाइतेलाई स्थानीय र मित्याल प्रहरी चौकीबाट पुगेको टोलीले उद्धार गरी रामपुर अस्पताल पठाइएकाले उपचार भइरहेको छ । भिरालो भू-भागका कारण उद्धार कार्य चुनौतीपूर्ण रहेको स्थानीय पुनाराम सुनारीले बताए ।
घटना स्थलको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली खटाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत हुन बाँकी छ ।