०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

युवतीसँग बिहे गर्न नपाए पछी बुवा र श्रीमान्‌को मोटरसाइकलमा राखिदिए लागूऔषध ४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ०३, २०८२

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ ।

धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए ।

मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी गर्‍यो । कर्सियास्थित सिटिजन बैंक अगाडि पार्किङमा राखिएको मोटरसाइकलको ‘इन्डिकेटर’ भित्र प्रहरीले लागुऔषध ब्राउन सुगर फेला पार्‍यो ।

सामान्यत: प्रमाण भेटिएपछि प्रहरीले अनुसन्धान गरी अभियुक्तलाई मुद्दा चलाउँछ । मोटरसाइकल धनी राजिव चौधरी र उनीसँगै रहेका एक पुरुष पक्राउ परे । तर, अनुसन्धानका क्रममा घटनाको अन्तर्य भने फिल्मी शैलीको देखियो ।

उनलाई फसाउन लागुऔषध राखेर प्रहरीलाई खबर गरेकाे देखियाे । त्यसपछि राजिव घर फर्किए । षड्यन्त्र गरेर फसाउन खाेजेकाे आरोपमा मुख्य योजनाकार धनपालथान गाउँपालिका वडा ७ का २७ वर्षीय विशालकुमार सिंहसहित चार जना पक्राउ परेका छन् ।

कसरी भयाे षड्यन्त्र ?

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार हुन्- धनपालथान गाउँपालिका-७ का २७ वर्षीय विशालकुमार सिंह । उनी एउटी युवतीलाई मन पराउँथे । उनी युवतीको हात माग्न घर पनि पुगे । तर, युवती र उनको परिवार विवाहको लागि तयार भएनन् ।

छोरी दिन राजी नभएपछि सिंहले युवतीको बुबालाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरे । याे घटना गत वैशाख २० गतेकाे हाे ।

प्रमाण नपुगेपछि बुबामाथि मुद्दा चलेन । मंसिरमा युवतीको विवाह भयो । युवतीको विवाहको केहीदिनपछि उनका श्रीमान् बजार आएकाे बेला मोटसाइकलमा लागुऔषध लुकाएर प्रहरीलाई खबर गरे ।

राजिवलाई फसाउन विशालले साथीहरू रोशन मण्डल, पारस मण्डल र राजा खान धोबीको साथ लिएका थिए ।

प्रहरीका अनुसार लागुऔषध लुकाएपछि विशालले आफ्ना साथी राजालाई प्रहरीसमक्ष सुराकीको रूपमा पठाए । राजाले प्रहरीलाई फोन गरेर ‘मलाई लागुऔषध कारोबारबारे सूचना छ, फलानो नम्बरको मोटरसाइकलमा लागुऔषध छ, चेक गर्नुस्’ भन्दै ‘सूचना’ दिए । सूचनामा भनिए अनुसार प्रहरीले इन्डिकेटरमा लुकाएको अवस्थामा १३.३१० ग्राम ब्राउन सुगर फेला पार्यो ।

मोटरसाइकल पार्किङ गरेर २९ वर्षीय चौधरी नजिकै काममा थिए । प्रहरीले कसको मोटरसाइकल भनेपछि ‘मेरो’ भन्दै उनी पुगे । माेरङका प्रहरी उपरीक्षक कबित कटवालका अनुसार चौधरीको हाउभाउ लागुऔषध कारोबारीको जस्तो थिएन् ।

मोटरसाइकलमा लागुऔषध राखिएको भन्दै प्रहरी प्रश्न गरेपछि उनले ‘होइन’ भन्दै प्रतिवाद गरे । प्रहरीले केरकार गर्दा लागुऔषध कारोबारी जस्तो देखिएन । तनावका कारण राजिवलाई ‘हार्ट अट्याक’ जस्तै लक्षण देखियो र त्यसपछि अस्पताल भर्ना गरियो ।

२०८२ वैशाख २० गते यस्तै प्रकृतिको घटना भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकमा २.९५० ग्राम ब्राउन सुगर भेटिएको थियो । त्यसबेला केही दिन प्रहरी हिरासतमा बसेका मण्डलले ल्याब रिपोर्ट नेगेटिभ आएपछि सफाइ पाएका थिए ।

उस्तै प्रकृतिकाे दुई वटा केस देखिएपछि प्रहरीले राजिवलाई चन्द्रशेखरकाे बारेमा साेध्याे । उनले ससुरा भएकाे जवाफ दिए । ज्वाइँससुरा नै उस्तै प्रकृतिकाे घटनामा परेपछि प्रहरी सूचना दिने व्यक्ति विराटनगर महानगरपालिका–९ घोघापुल बस्ने २७ वर्षीय राजा धोबीसम्म पुग्यो । धोबी पक्राउ परेपछि प्रहरी आफैं अचम्ममा पर्‍यो ।

उनले ब्राउन सुगर राख्नका लागि मोरङ धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहले अह्राएको बयान दिए । ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरेबापत उनले १० हजार रुपैयाँ दिने आश्वासन दिएका थिए ।

धोबीको बयानका आधारमा विशाललाई खोजी गर्दा प्रहरीले धनपालथान गाउँपालिका–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान गाउँपालिका–१ का २८ वर्षीय पारश मण्डललाई नियन्त्रणमा लियाे । दुई जनाको बयानका आधारमा प्रहरी सिंहलाई खोज्दै उनको घर पुगेको थियो । प्रहरीलाई देखेपछि भागेका उनलाई प्रहरीले करिब २ किलाेमिटर लखेटेर समात्यो ।

विशाल पक्राउ परेपछि छोरी नदिएको झोकमा मण्डलको मोटरसाइकलमा आफैंले लागुऔषध राख्न लगाएको स्वीकार गरे । मन पराएकी युवतीले अर्कैसँग बिहे गरेपछि युवतीकाे श्रीमान्‌लाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेकाे बयान दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार करिब १६ देखि १७ घण्टाको निरन्तर अपरेसनपछि ‘फेक केस’को पर्दाफास भएको हो ।

‘यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेलमा जाने अवस्था थियो ,’ प्रहरी उपरीक्षक कटवालले भने, ‘हामीले गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे ।’

प्रहरीले निर्दोष देखिएका राजिव चौधरी र उनका साथीलाई छाडेको छ । सिंहसहित चारै जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको कटवालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!