०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

हात्तीलाई जिउँदै आगो लगाउने ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ०३, २०८२

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ।

प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ ।

वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनु अघि पहिले गोली हानिएको थियो र घाइते बनाइएको थियो । आक्रमणबाट घाइते भएका हात्तीलाई बचाउने पशु चिकित्सा सर्जनहरूको प्रयास असफल भएको थियो।

श्रीलङ्कामा हात्तीलाई पवित्र मानिन्छ र यहाँको कानूनद्वारा उनीहरूको संरक्षणका लागि स्पष्ट निर्देशन गरेको छ तर किसान र दुर्गम गाउँका बासिन्दाहरूले कहिलेकाँही बाली नष्ट गर्ने जङ्गली हात्तीहरूलाई आक्रमण गर्ने गरेका घटना सार्वजनिक हुनेगरेका छन् ।

श्रीलङ्काको कानुनअनुसार संरक्षित हात्तीको चोरी सिकारी गर्ने जोकोहीलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ, तर देशले सन् १९७६ देखि मृत्युदण्ड दिएको छैन र मृत्युदण्डको सजाय स्वतः आजीवन कारावासमा परिणत हुन्छ ।

पछिल्लो पाँच वर्षमा बढ्दो मानव हात्ती द्वन्द्वका कारण वर्षेनी ४०० हात्ती र २०० जनाको ज्यान जाने गरेको छ।

श्रीलङ्कामा अनुमानित सात हजार जङ्गली हात्तीहरू छन्, जसलाई बौद्ध संस्कृतिमा उनीहरूको महत्त्वका कारण राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!