०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

राप्तीका विद्यालयहरूमा लागूऔंषध दुर्व्यशनी तथा ट्राफिक सचेतना फैलाउने राप्ती प्रेस मञ्चको निर्णय,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, पुष ०४, २०८२

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ ।

अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागूऔषध, ट्राफिक तथा साइबर सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।

अभियानको राप्ती गाउँपालिका-७, छोट्‌की सिसहनियाँस्थित सरस्वती आधारभूत विद्यालयबाट सुरुवात गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले एमसिए नेपालले पूर्व-पश्चिम राजमार्ग अन्तरगत धानखोला – लमही सडक खण्ड २ लेन बनाउने विषयमा नागरिक स्तरबाट उठेको विरोध प्रति मञ्चले ऐक्यबद्धता जनाउने भएको छ ।
साथै उक्त सडक खण्डलाई ४ वा ६ लेन बनाउन सम्बन्धित निकाय तथा नेपाल सरकार‌लाई नै दवाव दिन प्रेस विज्ञप्ती जारी गर्ने, मुख्यमन्त्री तथा मन्त्री परिषद्‌को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र नागरिक सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

श्रमजीवी पत्रकारहरुको सिप विकासका लागि सञ्चारकर्मीहरूलाई १ दिने ग्राफिक डिजाइन तथा भिडियो सम्पादन तालिम संचालन गर्ने निर्णय गर्ने, स्वास्थ्य रिपोर्टिङका लागि राप्ती गाउँपालिकाका सम्पूर्ण संचारकर्मीहरुलाई लक्षित गरि स्वास्थ्य पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पाैडेल, विदुर एमसी, किरण जिसी, मोतीराम भट्टराई, पत्रकारहरू सन्तोष थापा र ललित कुमालको विशेष उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!