०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

सशस्त्र प्रहरी बिरगंजको ज्यादती विल र भन्सार तिरेको व्यवसायीको कपडा जबर्जस्ती नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले डाका सैलिमा माल लगेको ले स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी भन्सार जाँच पास भएको कपडालाई सशस्त्र प्रहरीले तस्करीको आशंका देखाउँदै नियन्त्रणमा लिएको हो। तर सम्बन्धित कपडामा वैध बिल–विजक र भन्सार रसिद हुँदाहुँदै पनि जबर्जस्ती नियन्त्रणमा लिनु कानुन कार्यान्वयनभन्दा अधिकारको दुरुपयोग भएको व्यवसायीहरूको भनाइ छ।

उनीहरूले केही तस्करहरूसँग मिलेमतो गरेर वैध व्यवसायीलाई दुःख दिने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। “सेटिङमा चलेका तस्कर छुट पाउँछन्, तर कानुन मानेर व्यापार गर्ने व्यवसायीलाई दुःख दिइन्छ,” एक व्यवसायीले गुनासो गरे।

घटनाबारे सशस्त्र प्रहरी प्रशासनको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। व्यवसायीहरूले तत्काल कपडा फिर्ता गर्न र यस्ता घटनाको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

error: Content is protected !!