२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी बिरगंजको ज्यादती विल र भन्सार तिरेको व्यवसायीको कपडा जबर्जस्ती नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले डाका सैलिमा माल लगेको ले स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी भन्सार जाँच पास भएको कपडालाई सशस्त्र प्रहरीले तस्करीको आशंका देखाउँदै नियन्त्रणमा लिएको हो। तर सम्बन्धित कपडामा वैध बिल–विजक र भन्सार रसिद हुँदाहुँदै पनि जबर्जस्ती नियन्त्रणमा लिनु कानुन कार्यान्वयनभन्दा अधिकारको दुरुपयोग भएको व्यवसायीहरूको भनाइ छ।

उनीहरूले केही तस्करहरूसँग मिलेमतो गरेर वैध व्यवसायीलाई दुःख दिने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। “सेटिङमा चलेका तस्कर छुट पाउँछन्, तर कानुन मानेर व्यापार गर्ने व्यवसायीलाई दुःख दिइन्छ,” एक व्यवसायीले गुनासो गरे।

घटनाबारे सशस्त्र प्रहरी प्रशासनको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। व्यवसायीहरूले तत्काल कपडा फिर्ता गर्न र यस्ता घटनाको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]