२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागे आजै छुट्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्।

उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि मौसम खराबीका कारण भैरहवाको जहाज नउडेपछि उनी भरतपुरसम्म विमानमा गएका हुन्। उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदै छ। साथमै रहेका रास्वपा नेता गणेश पराजुलीले प्रहरीको स्कटिङमा लामिछाने चितवनबाट भैरहवातर्फ लागेको बताए। ‘लामिछाने आज नै भैरहवा पुगेर कागजी प्रक्रिया पूरा गर्न भ्याउनुहुन्छ होला,’ पराजुलीले भने।

उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ। उनी कागजी प्रक्रिया पूरा गरेर शुक्रबार नै छुट्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]