बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।
होटल ओम स्वस्तिक नेपालगन्जका संचालक सुरज भण्डारीले रक्तदान कार्यक्रमको समापनमा बोल्दै रगतदान गर्नु जीवनदान गर्नु सरह भएको बताए । उनका अनुसार प्रत्येक ३ महिनामा रक्तदान गर्नु स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ ।
उनले सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको रक्तदान कार्यक्रम गर्नु सकारात्मक कुरा भएको समयमा रगत अभाव भएर धेरैले रगत नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो ।’ उनले भने । अब कसैले रगत अभाव भएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था नहोस भन्नको लागि सबैको सहयोग आवश्यक रहेको होटल संचालक भण्डारी बताए ।