०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

बाक्लो हुस्सु र सितलहरले तराईको जिल्लामा जाडो निकै बढयो,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष ०६, २०८२

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’

चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ। महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व-पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ। पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मंसिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर-५ किसान रहिमन मण्डलले बताए।

मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ। उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपराह्नसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन्। अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर-२ की शिला यादवले बताइन्।

चिसोले घरपालुवा पशुवस्तुको बिजोग भएको उनले बताइन्। पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भंगाहा-४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ। धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताए।

यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन्। अहिले मंसिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ। अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ।

खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप ठाकुरले बताए। यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन्। चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन्।

दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने बिहानैदेखि हुस्सु लाग्ने गरेको छ। पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ। महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई-मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ नेकपा मसालको वैधानिक चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ दाङ–देउखुरीको तेस्रो जिल्ला भेला शनिबार अपरान्ह दाङको देउखुरी- लमहीमा सम्पन्न भएको छ । भेलाले वसन्तराज आचार्यको अध्यक्षतामा दुई बैकल्पिक सदस्य सहित १३ सदस्यीय दाङ जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको छ । सो कार्य समितिको उपाध्यक्षमा श्रीराम भट्टराई, सचिवमा दिपक केसीलाई […]

पर्सा । मधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ । प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ […]

काठमाडौं । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागेको हो । यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड छ । ०७९ को निर्वाचनमा देशभर […]

error: Content is protected !!