१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

नेकपा विप्लवका तीन नेताहरु फेरि पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(एबिसी संचार)
दाङ माघ ८ नेत्रविक्रम चन्द ‘बिप्लवका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५÷१५ हजार रुपैंया धरौटी बुझाएर रिहा भएका उनीहरुलाई प्रहरीले अदालतको गेटबाटै बुधवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिप्लव नेतृत्वका नेकपाका राप्ती ब्यूरो कार्यालय सचिव सदस्य डिल्लीराज शर्मा ‘सविन’, दाङ जिल्ला सेक्रेटरी प्रदिप वली र युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी ‘पाटन’ रहेका छन । पक्राउ परेका उनीहरुलाई संगठित रुपमा राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित उनीहरु असोजको ३० गते राजपुर गाउँपालिका–४ मुंगे्रठाबाट पक्राउ परेका थिए । पक्राउ परेका २१ जना बिप्लवका नेता तथा कार्यकर्ताहरु मध्य १३ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरि विभिन्न जिल्ला पठाइसकेको छ । जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिए लगतै प्रहरीले पुनः पक्राउ गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!