२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेकपा विप्लवका तीन नेताहरु फेरि पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(एबिसी संचार)
दाङ माघ ८ नेत्रविक्रम चन्द ‘बिप्लवका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५÷१५ हजार रुपैंया धरौटी बुझाएर रिहा भएका उनीहरुलाई प्रहरीले अदालतको गेटबाटै बुधवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिप्लव नेतृत्वका नेकपाका राप्ती ब्यूरो कार्यालय सचिव सदस्य डिल्लीराज शर्मा ‘सविन’, दाङ जिल्ला सेक्रेटरी प्रदिप वली र युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी ‘पाटन’ रहेका छन । पक्राउ परेका उनीहरुलाई संगठित रुपमा राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित उनीहरु असोजको ३० गते राजपुर गाउँपालिका–४ मुंगे्रठाबाट पक्राउ परेका थिए । पक्राउ परेका २१ जना बिप्लवका नेता तथा कार्यकर्ताहरु मध्य १३ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरि विभिन्न जिल्ला पठाइसकेको छ । जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिए लगतै प्रहरीले पुनः पक्राउ गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]