२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

‘तमु ल्होसार’ पर्वको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना संदेश,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, पुष १५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विभिन्न जातजातिले मनाउने मौलिक पर्वहरूले राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाउने बताएकी छन्।

तमु समुदायको महान् पर्व ‘तमु ल्होसार’ तथा दुरा समुदायको ‘म्हैप्रु नकुमा’ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समुन्नतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले नेपालको बहुसांस्कृतिक पहिचान नै हाम्रो मौलिक सम्पत्ति भएको उल्लेख गर्दै यी चाडपर्वहरूले नेपालीहरूबीच आपसी भाइचारा र सहिष्णुताको भावना जागृत गराउने विश्वास व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेकी छन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन्।”

विविधतामा एकता नै नेपालको सुन्दरता रहेको चर्चा गर्दै प्रधानमन्त्रीले सबै समुदायको विकास र पहिचानले नै समृद्ध राष्ट्र निर्माण हुने कुरामा जोड दिएकी छन्।

तमु र दुरा समुदायको विशेष सांस्कृतिक महत्व बोकेका यी पर्वहरूले सबै नेपालीको जीवनमा उमङ्ग र सफलता ल्याओस् भन्ने कामना समेत उनले गरेकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]