२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ श्रोत नखुलेको हुण्डी रकमसहित ३ जना पक्राउ,

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, पुष १७, २०८२

पर्सा । जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको ठूलो परिमाणको हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० मकालु चोक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया जिल्लाका ५० वर्षीय अनवर मियाँ, २२ वर्षीय महमद केफ अहमद तथा मोतिहारी जिल्लाका ४८ वर्षीय फूल महमद रहेका छन्।

प्रहरीका अनुसार उनीहरू सवार मोटरसाइकल र साइकिलको तलासी लिँदा श्रोत खुलाउन नसकिएको नगद रकम बरामद गरिएको हो। अनवर मियाँ र महमद केफ अहमद सवार BR 22 H 6338 नम्बरको मोटरसाइकलबाट ३ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको छ भने फूल महमद सवार साइकिलबाट ३ लाख रुपैयाँ फेला परेको छ। यसरी कुल ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ श्रोत नखुलेको नगद रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने स्पष्ट गरेको छ। यस सम्बन्धी जानकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]