१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नेपाल प्रहरीको १० जना एसपी एसएसपी बढुवाको तयारी,को-को छन् दावेदार ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

काठमाडौं । नेपाल प्रहरीमा अहिले १० एसएसपीको बढुवा तयारी भएको छ । अर्थमन्त्रालयले तीन एसएसपीको दरवन्दी थप गर्ने स्वीकृत गरेसँगै १० एसएसपीको बढुवा तयारी भएको हो । केही दिनमा मन्त्रिपरिषद बैठकले ३ एसएसपीको दरवन्दी स्वीकृत गर्ने भएको छ ।

अहिले प्रहरीमा ७ एसएसपी पदको दरबन्दी खाली रहेको छ । सो खाली रहेको दरवन्दीसँगै ३ दरबन्दी थपिएर १० पुगेको हो । १० पदका लागि यतिबेला १७ प्रतिस्पर्धी रहेका छन् । जसमा ३ विभागीय र १४ खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएकाहरूको प्रतिस्पर्धा रहेको छ । अहिले उनीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् ।

बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रोमा भुवनेश्वर तिवारी रहेका छन् । शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका हुन् र तिवारी २०५५ मा असईबाट सेवा प्रवेश गरेका हुन् । तिवारी आइजीपी कार्कीका जिल्लावासी पनि हुन् ।

बाँकी १४ अधिकृत २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका हुन्, जसका २५ सिनियर अधिकारीहरू एसएसपी भइसकेका छन् । रिक्त रहेको एसएसपीका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल छन् । चौथो नम्बरमा एसपी सुरेश काफ्ले छन् ।

अमरेन्द्रबहादुर सिंह एसएसपी बढुवाको लागि पाँचौं नम्बरमा छन् । प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका सिंहले हालसम्म जिल्ला कमाण्ड गरेका छैनन् । यस्तै छैटौं नम्बरमा श्यामसिंह चौधरी छन् ।

सातौं आठौं, नवौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं, चौधौं, पन्ध्रौं, सोह्रौं, नम्बरमा छन्, नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही ।

सिलवाल बारा पथलैया ट्राफिकमा रहँदा विवादमा आएका अधिकृत हुन् । अनुसन्धान विभागको अधिकृतमा २०५५ भदौ २२ मा भर्ना भई २०६७ पुस २३ मा डीएसपी हुँदै अगाडि आएका अधिकृतहरु रहेका छन् । बढुवाको तेस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी २०५५ कात्तिक १ मा असई भर्ना भएर ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरको प्रतिस्पर्धामा उत्तीर्ण भएका हुन् । डीएसपी बढुवादेखि नै उनी पछि पर्दै आएका छन् । उनी २०६९ फागुन १३ को बढुवाका डीएसपी हुन् ।

११४ टोलीका अधिकांश अधिकृत एसएसपी भइसकेका छन् । २०८१ माघमा रमेश थापासहितका एसपीले एसएसपी बढुवा पाएका थिए । उक्त बढुवामा अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बूढा मगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महत्तो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, रञ्जयसिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल एसएसपी भएका हुन् ।

त्यसमध्ये थापा काठमाडौं प्रहरी प्रमुख छन् । अधिकारी उपत्यका ट्राफिक, कोइराला लागु औषध नियन्त्रण ब्युरो, बोगटी ललितपुर र पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरो तथा श्रेष्ठ सिआइबीमा कार्यरत रहेका छन् । एसएसपी बढुवा भएसँगै केही जिल्लाका प्रमुखको सरुवा तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!