१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

नक्कली नोट सहित ६ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

 

काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट ६ जना मानिसहरूबाट एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३) सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेका मानिसहरू
१. जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा ।
२. ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।
३. जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।
४. जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती ।
५. जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा ।
६. जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने […]

बर्दिया । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी […]

काठमाडौं । महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी […]

error: Content is protected !!