१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

शहीद पत्नी गुरुङलाई प्रहरीमै रोजगारी दिने आईजिपी कार्कीको घोषणा स्यालुट् छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

काठमाडौं । नेपाल प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीले शहीद प्रहरीकी पत्नीलाई रोजगारी दिने घोषणा गरेका छन् । आईजी कार्कीले जेन्जी आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभागमा शहादत प्राप्त सहायक हवल्दार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङ्गलाई प्रहरी सेवामा रोजगारी दिने घोषणा गरेका छन् । शहीद पत्नी गुरुङ्गले भर्खरै १२ कक्षा उतिर्ण गरेकी छिन् र नाबालक छोराको साथ पोखरामा बस्दै आएकी छिन्। आन्दोलनका क्रममा आगजनीमा परेको प्रभागको पुनःनिर्माण गरिएको भवनको उद्घाटनका क्रममा कार्कीले उक्त घोषणा गरेका हुन् । साथै आईजी कार्कीले पुनःनिर्माण समितिको तर्फबाट प्रदान गरिएको एक लाख नगद पनि नाबालक छोरासहित पतीले शहादत प्राप्त गरेको स्थलमा आइपुगेकी गुरुङलाई प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!