१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

शहीद पत्नी गुरुङलाई प्रहरीमै रोजगारी दिने आईजिपी कार्कीको घोषणा स्यालुट् छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

काठमाडौं । नेपाल प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीले शहीद प्रहरीकी पत्नीलाई रोजगारी दिने घोषणा गरेका छन् । आईजी कार्कीले जेन्जी आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभागमा शहादत प्राप्त सहायक हवल्दार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङ्गलाई प्रहरी सेवामा रोजगारी दिने घोषणा गरेका छन् । शहीद पत्नी गुरुङ्गले भर्खरै १२ कक्षा उतिर्ण गरेकी छिन् र नाबालक छोराको साथ पोखरामा बस्दै आएकी छिन्। आन्दोलनका क्रममा आगजनीमा परेको प्रभागको पुनःनिर्माण गरिएको भवनको उद्घाटनका क्रममा कार्कीले उक्त घोषणा गरेका हुन् । साथै आईजी कार्कीले पुनःनिर्माण समितिको तर्फबाट प्रदान गरिएको एक लाख नगद पनि नाबालक छोरासहित पतीले शहादत प्राप्त गरेको स्थलमा आइपुगेकी गुरुङलाई प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने […]

बर्दिया । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी […]

काठमाडौं । महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी […]

error: Content is protected !!