१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

बालुवाटारबाट विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवक रकमसहित पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

काठमाडौं । महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी पक्राउ परेका हुन्।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले यही पुस १२ गते राति ठूलो रकम चोरी गरी फरार रहेका केसीलाई दाङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

पक्राउ परेका केसीको साथबाट प्रहरीले ६५ लाख १७ हजार रुपैयाँ नगद, चाँदीका ब्रास्लेट १५ थान, चाँदीका सिक्का २८ थान, चाँदीजस्तो देखिने सेतो धातु एक थान तथा एक थान ल्यापटप बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लागु औषध (ब्राउन सुगर) सहित दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घोराही-१५४ / बाट ललित राज कुवर क्षेत्री लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनको साथबाट नगद रु. र मोबाइल […]

  काठमाडौं । नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त हुनुभएका डा. मनोज कुमार के.सी.ज्यूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नुभएको छ। मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएका डा. के.सी.लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]