०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ०४, २०८२

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाइ राजीनामा बुझाएका हुन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

राजीनामा दिने निर्धारित तालिका रहेपनि यसअघि केहिबेर अलमल भएको थियो। तर, बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रीत गराउन उनले आजै राजीनामा दिएका बताइएकाे छ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, विहानसम्म त आज नदिने कि भन्ने थियो, तर चुनावमा केन्द्रित हुनको लागि आजै दिँदा सजिलो हुने भएकोले आज नै राजीनामा दिनुभयो,’ मेयर शाहका सचिवालयका एक सदस्यले भने, ‘रास्वपाको बैठकमा जानुअघि उहाँले राजीनामा दिनुभएको हो ।’

काठमाडौं महानगरका सहप्रवक्ता धुव्र काफ्लेले केहि समयअघि मेयरको सचिवालयले उपप्रमुखको कार्यकक्षामा ल्याएर राजीनामा पत्र बुझाएको पुष्टी गरे। ‘संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाउनु भएको हो,’ काफ्लेले भने, ‘राजीनामा उपप्रमुखज्यूकोमा दर्ता भएको छ।’

राजीनामा बुझाउन मेयर शाह आफैँ भने उपस्थित थिएनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!