२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरूवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ०४, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार ११ जना एसएसपीको सरूवा गर्ने निर्णय गरेको हो।

एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवा, दीप शमशेर जबराको प्रहरी महानिरीक्षकको सचिवालय, नान्तिराज गुरूङको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र विमलराज कँडेलको प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरूवा भएको छ।

त्यस्तै महेन्द्र खड्कालाई प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखा र रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानिपोखरीमा सरूवा गरिएको छ। बस्नेत यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख थिए।

बसन्त रजौरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र श्यामकुमार महतोको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरूवा भएको छ।
सन्तोष खड्काको सरूवा गरी काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालयको जिम्मेवारी दिइएको छ।सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थिन महाशाखा रानिपोखरीमा सरूवा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]