०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०८, २०८२

बर्दिया । चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो ।

बुधवार बेलुका तोरी काटिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । अरु किसानहरू पनि खेतमा भए पनि एक्लै आफ्नो खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूले बताए ।

पछिल्लो समय बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउन यता पाँच जनाको चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!